तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एसोसियट राष्ट्रको शीर्ष स्थानमा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ ।

टी-ट्वान्टी वरियतामा नेपालले टेष्ट राष्ट्र आयरल्याडलाई समेत पछि पार्न सफल भएको छ ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । यस्तै अष्ट्रेलिया तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button