तपाईँ सुन्दै हुनुहुन्छः

सुरुङ भित्र गएका चार मजदुर हिजोदेखि सम्पर्क बिहिन

काठमाडौं। बझाङ, बुन्गल नगरपालिका वडा नम्वर १ दारिम दहको कलङगा हाईड्रोपावरमा काम गर्न गएका चार जना मजदुर आइतबार तीन बजेदेखि सम्पर्क विहिन भएका छन् ।

2019-11-04-3684

हाईड्रोपावरमा काम गर्न भनेर ट्याक्टर लिएर सुरुङभित्र गएका छ जनामध्ये दुई जना फर्किएपनि चार जना सम्पर्कबाट बाहिर छन् । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेशबहादुर बम नेतृत्वको टोली आइतबार साँझबाट उद्धारमा खटेपनि उनीहरुको सम्पर्क हुन सकेको छैन ।

हाईड्रोपावरकै विशेषज्ञहरुको टोलीले सम्पर्क बिच्छेद मजदुरको खोजीको प्रयास गरेपनि सफल हुन नसकेको डिएसपी बमले बताउनुभयो । हामीले पटक पटक प्रयास गरेपनि उहाँहरुको अवस्था पत्ता लगाउन सकिएन’ डिएसपी बमले भन्नुभयो ।काठमाडौंबाट थप टोली हेलिकोप्टरबाट आँउदै हुनुहुन्छ – उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button