तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा क्रिकेट सङ्घको अध्यक्षमा कुँवर

अछाम । अछाममा क्रिकेट सङ्घको चौथो साधारण सभा नयाँ नेतृत्व गर्दै सकिएको छ । साँफेबगरमा भएको साधारण सभाले अनिल कुँवरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

क्रिकेट एसोशिएन नेपाल क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मीको उपस्थितिमा भएको चौथो साधारण सभाले नयाँ कार्य समिति गठन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा धिरेन्द्र साउद, सचिवमा चाँदनी शाह र कोषाध्यक्षमा चक्र सुनार हुनुहुन्छ ।

सङ्घको सदस्यहरूमा प्रेम कुँवर, लक्ष्मण नाथ योगी, कृष्ण कुँवर, यज्ञराज ढुङ्गाना, तपेन्द्र ओली, विनोद खत्री, शिवराज स्वाँर, लोकेन्द्र खत्री र गणेश तिरुवा रहनुभएको छ ।

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका महासमिति सदस्य युवा नेता राजन कुँवरले अछाम जिल्लामा पछिल्लो चरणमा विभिन्न खेलको विकास बढ्दो क्रममा रहेकोमा खुसी व्यक्त गर्नुभयो । खेल क्षेत्रको विकासका लागि आफु जहिले साथमा रहेको उहाँको भनाई थियो ।

अछाम टिमका पूर्व कप्तान तथा सुदूरपश्चिम टिमबाट राष्ट्रिय खेलाडी कुँवरको अध्यक्षतामा समिति गठनले अछाममा क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ । निबर्तमान अध्यक्ष प्रेम कुँवरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button