तपाईँ सुन्दै हुनुहुन्छः

‘एक घर एक व्यवसाय’ कार्यक्रम शुरु

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकाले ‘एक घर एक’ व्यवसाय कार्यक्रम शुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा एक घर एक व्यवसाय शुरु गरिएको हो ।

गाउँपालिकाले वडा नं ४ मा पर्ने भालु पाटनमा संयुक्त चौँरी फार्म स्थापना गरेर ‘एक घर एक व्यवसाय’ कार्यक्रमको शुरुआत गरेको हो ।

उक्त वडाअन्तर्गत पर्ने चाँैरीकोट गाउँका सम्पूर्ण घरधुरी कृषक लाभान्वित हुने गरेर फार्मको स्थापना गरिएको बताइएको छ ।

चौँरीकोटवासीको जीवनस्तर माथि उकास्दै आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘एक घर एक व्यवसाय’ शुरु गरिएको गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताउनुभयो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५० लाख र गाउँपालिकाले ‘एक घर एक व्यवसाय’ शीर्षकमा छुट्याएको ३२ लाख गरेर ८२ लाख लागतमा व्यवसाय कार्यक्रम शुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button