तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमले विन्टर अफर २०७८ उपलब्ध गराउने

काठमाडौँ । नेपाल टेलिकमले माघ ३ गते देखि लागु हुने गरी आफ्ना ग्राहकलाई विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर’लाई ग्राहकहरूको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको जनाएको छ ।

file photo

अफर अन्तर्गत कम्पनीले हाल उपलब्ध गराइरहेको सजिलो अन लिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायतका सेवाहरू उपलब्ध गराएको छ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीइ सेवा प्रयोगकर्ताहरूका लागि उपलब्ध भइरहेको विभिन्न अफरहरू निरन्तर रहने समेत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button