तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले भन्नुभयो– ‘एमसीसी पारित हुन्छ’

धनगढी ।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकाे हितमा रहेकाले त्याे पारित हुने बताउनुभयो ।

बाढी प्रभावित क्षेत्र अवलोकनका लागि सुदूरपश्चिमा रहनुभएका प्रधानमन्त्रीले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी पारित हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले यति वेला उद्धार र राहतको काम भइरहेको उल्लेख गर्नुहुँदै सरकार अल्पकालीन र दीर्घकालीन राहतको योजना बनाएर अघि बढ्ने बत्ताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा अकल्पनीय विपद् आएको र त्यसले पुर्याएकाे क्षतिले आफू निकै दुखित भएको बत्ताउनुभयो ।उहाँले बाढी पहिरो पीडित परिवारका लागि सरकारले तत्काल थप राहत प्याकेज ल्याउने बताउनुभयो ।

प्रधानमन्त्रीले शीघ्र निर्वाचन र प्रदेश सरकारका परिवर्तनबारे गठबन्धनले निर्णय गर्ने जानकारी दिनुभयो ।प्रधानमन्त्री देउवाले आगामी वैशाख महिना भित्र सबै नेपालीहरूलाई कोरोना भाईरस विरुद्धको खोप दिन सक्ने गरी सरकारले काम गरिरहेको बत्ताउनुभयो ।

नेपाली काग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले पार्टीकाे अधिवेशन जारी रहेकाे र निर्धारित समयमै अधिवेशन हुने गरि निर्वाचन समितिले काम गरिरहेकाे बताउनुभयाे ।

सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी दिनुभयो । उहाँले सरकारले जनतालाई राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button