तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक : आगामी सम्मेलनबारे छलफल

 
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ ।

केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बिहान ८ः०० बजे फेरि बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button