तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वनमा लागेको आगो नियन्त्रण हुन नसक्दा डडेल्धुरा सदरमुकाम जोखिममा

डडेल्धुरा । डडेल्धुराको सदरमुकाम क्षेत्र अमरगढी–५ तुफानडाँडा बजार मूनी मङ्गलबार राती देखि लागेको आगो नियन्त्रण नहुँदा सदरमुकाम क्षेत्रका बजार तथा कार्यालयहरू जोखिममा रहेका छन् । 

बुधबार उक्त आगो फैलँदा डडेल्धुरा बहुमुखी क्याम्पस क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा लिई सके पछि फेरी सिँचाई कार्यालय नजिक कीर्तिपुरमा लागेको आगो निभाउन लागिएको अमरगढी नगरपालिकाका कर्मचारी लालमनी ओझाले बताउनु भयो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अहिले माईकिङ्ग गरिरहेको डडेल्धुराका प्रहरी प्रमुख डि.एस.पि दीपक कार्कीले बताउनु भयो । कार्कीले अहिले स्थानीय समेत प्रहरी, सेना डढेलो नियन्त्रणमा जुटेको बताउनु भयो ।

अहिले उक्त क्षेत्रमा हावाहुरी समेत चलेकोले नियन्त्रणमा समस्या भइरहेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button