तपाईँ सुन्दै हुनुहुन्छः

थप खुकुलो गर्दै चितवनमा असोज १५ गते सम्म निषेधाज्ञा थप

चितवन  । चितवनमा पछिल्ला दिनमा कोरोना संक्रमणदर र मृत्युदर क्रमशः घट्दै गएपछि निषेधाज्ञालाई  थप  खुकुलो गर्दै लगिएको छ ।

आज  कार्यालयले आदेश जारी सिनेमा र सभा सम्मेलन बाहेक अन्य क्षेत्रलाई थप खुकुलो गर्दै असोज १५ गतेसम्म निषेधाज्ञा थप गरेको हो । जारी निषेधाज्ञा बिहीबार  राती १२ बजे सकिंदैछ । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्ला समयमा कोरोना संक्रमित दर र मृत्युदरमा क्रमशः कमी हुँदै आएकोले निषेधाज्ञा खुकुलो गर्दै लगिएको  बताउनु भयो  । 
‘यसअघि गरिएको निषेधाज्ञामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार हाराहारीमा थियो, अहिले सात सय भन्दा पनि कम छ,  पौडेलले भन्नुभयो  । 

जारी आदेशमा सभा सेमिनारका लागि मापदण्ड अपनाएर सीमित सङ्ख्यामा मानिस रहेर  सञ्चालन गर्न अनुमति दिइएता पनि सिनेमा हलका लागि हल सञ्चालकले कार्यविधि पेश गरेमा सोही अनुसार अनुमति दिइने उल्लेख छ । विद्यालय खोल्ने हकमा विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको समन्वयमा असोज १ गतेदेखि सञ्चालन गर्न सकिने पौडेलले बताउनुभयो  । 

अन्य आदेशहरू पहिलेकै नियम अनुरूप चल्ने कार्यालयले बताएको छ  । आदेशमा संक्रमित दर थप घट्दै या बढ्न गएमा  जारी गरिएको निषेधाज्ञाको समयावधि भित्रनै आदेश संशोधन एवं पुनरावलोकन गर्न सकिने जारी आदेशमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button