तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिने राजकीय भ्रमणका क्रममा चीनका राष्ट्रपति सि काठमाडौँमा

काठमाण्डौ । राष्ट्रपति विद्यादेबी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिनफिङ अहिले  काठमाडौँ आईपुग्नु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका राष्ट्रपति सिलाई राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो । त्यस अवसरमा दुबै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

राष्ट्रपति सिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति सिको स्वागतमा उपराष्ट्रपति नन्दबहादुर पुन, संवैधानिक अङका प्रमुखहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित उच्चपदस्थ सरकारी अधिकारीहरु विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button