तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण शुरु भएको ५ वर्ष बित्दा पनि सम्पन्न भएन भ्यु टावर

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ मा पर्ने पात्लेखेतमा निर्माण भइरहेको भ्यु टावर ५ वर्ष बित्दा समेत पनि बजेट अभावको कारण निर्माण सम्पन्न हुन सकेको छैन । 

निर्माण गरेको ५ वर्ष बित्दा समेत पर्यटन बोर्डबाट बजेट निकासा नहुँदा भवन निर्माण पूर्ण रुपमा सम्पन्न हुन नसकेको हो । पर्यटन बोर्डले २०७०।०७१ मा १० लाख र २०७३।०७४ मा १० लाख गरी जम्मा २० लाख रुपैयाँ  निकासा गरेको थियो । उक्त रकम बाट २ तल्ले भ्यु टावरको निर्माण सुरु गरे पनि पात्लेखेत होमस्टेका समुदायले माग गरेपछि ३ तले टावर निर्माण भएको थियो । 

पात्लेखेत सामुदायिक होमस्टे दृश्य अवलोकन केन्द्र पात्लेखेत नामकरण गरिएको उक्त भ्यु टावर हाल बजेट निकासा नहुँदा उक्त भवन निर्माणाधीन अवस्थामा नै सीमित रहेको छ । टावर निर्माणको लागी २ तल्ले डिपिआर तयार परे पनि स्थानीयको मागले पुन एक तल्ला थप गरी निर्माण गर्न परेको र कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा पर्यटन बोर्डले समेत चासो नदिँदा सो संरचना अन्योलमा परेको हो । 

टावर निर्माण सम्पन्न गर्न सुरु भएको ५ वर्ष बित्दा पनि स्थानीय तह र अन्य सरोकारवाला निकायको ध्यान नगएको हो । यस आर्थिक वर्षमा भने पात्लेखेत सामुदायिक होमस्टेका सञ्चालकहरूले नगरपालिकामा माग गरेको होमस्टे एसोसिएसन नेपालको (होसान) एवं पात्लेखेत सामुदायिक होमस्टे, अध्यक्ष, केशव बडालले बताउनुभयो । उहाँले धुलिखेल नगरपालिका सित सम्झौता गरेर यस आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष बडालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button