तपाईँ सुन्दै हुनुहुन्छः

गायक सपुत र गायिका दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरेको छ ।

प्राधिकरणको कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गर्नुभयो ।

गीतसङ्गीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गरी विपद् जोखिम न्यूनीकरण गर्न सकिने भएकाले प्राधिकरणले अगाडी बढाएको यस अभियानमा सबैको साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले यस वर्षको मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोक, मनाङ, बाजुरा लगायतका ४८ जिल्ला बाढी पहिरो प्रभावित भई ठूलो जनधनको क्षति बेहोर्नु परेको बताउनुभयो ।

यसै गरी यसपालिको मनसुनबाट हालसम्म ६३ जनाको मृत्यु भएको, ३६ जना बेपत्ता र ६७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

No description available.

यसै गरी मनसुनबाट हालसम्म ५ सय ७२ निजी घर पूर्ण क्षति र १ सय ५५ घर आंशिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ३७ वटा सरकारी कार्यालय, सामुदायिक भवन र स्कुल १३ वटा, जलविद्युत आयोजना २५ वटा, सडक पुल २६ वटा झोलुङ्गे पुल २६ वटामा यसपालिको मनसुनबाट क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button