तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञामा पनि किसानलाई कामको चटारो

 

सल्यान । वर्षा सुरु भएसँगै सल्यानका ग्रामीण भेगमा रोपाई, घैया धान र मकै गोड्ने चटारो छ । 

कोरोना सङ्क्रमणका कारण जिल्ला बाहिर रहेकाहरू सबै आफ्नै गाउँघर तिर फर्किएका छन् । 

खेतीपातीको सिजन भएकाले उनीहरू कोरोना सङ्क्रमणबाट जोगिन सावधानी अपनाउँदै अन्नबाली लगाउन व्यस्त भएका छन् । 

किसानहरू धान रोपने, मकै गोड्ने, कोदोको रोप्नका लागि जग्गाको तयारी लगायतका काम व्यस्त भएको कृषिबाट जीविका चलाउने किसान निषेधाज्ञाको प्रवाह नगरी खेतबारीमा व्यस्त भएका छन् । मानो रोपेर मुरी फलाउने समय भएकाले कोरोनाको खासै प्रवाह नगरी खेतबारीको काममा व्यस्त हुने गरेको किसानको भनाई छ ।

निषेधाज्ञा भए पनि हामीजस्ता खेती गरेर खाने किसानलाई कामको चटारो रहेको बनगाड कुपिण्डे नगरपालिका ९ स्वराका धन बहादुर बुढाथोकीले बताए । उनले भने हामीलाई खेतीपाती गर्न निषेधाज्ञाले कुनै पनि असर गरेको छैन । 

ग्रामीण भेगमा किसान वर्षभरि परिवारलाई खान पुग्ने अन्नबालकिो जोहो गर्न निषेधाज्ञाको कुनै असर नपरेको बनगाड कुपिण्डे नगरपालिका ४ कि मिना पुनले बताइन । उनले भनिन निषेधाज्ञा भए पनि हामी जस्ता किसानलाई कामको चटारो छ । विगतको समयजस्तै काम गरी रहेका छौँ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button