तपाईँ सुन्दै हुनुहुन्छः

सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट करोडौं रकम चोरियो

काठमाडौं । कृषि विकास बैंकको लाहान शाखाबाट करोड करौडौं रुपैयाँ चोरी भएको छ ।

ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेका हुन् ।नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गर्नुभयो ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको बताएको छ ।

‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले जानकारी दिनुभयो, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’ निरौलाले भन्नुभयो ।

स्रोतका अनुशार ह्याकरहरुको समूहल आफ्नो खातामा रकम ट्रानसफर गरी रमक चोरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button