तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चेबाजा संरक्षणमा युवा पुस्ता

सल्यान – परम्परागत रुपमा चल्दै आएको मौलिक बाजाको रुपमा रहेको पञ्चेबाजा संरक्षणमा युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको नौमति र पञ्चेबाजाको संरक्षणमा शारदा नगरपालिका वडा न ६ बरलाका युवाहरु जुटेका हुन ।

पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि बरलाका युवा संरक्षण अभियानमा सक्रिय भएका हुन । नौमति बाजा संरक्षण समिति गठन गरी स्थानीय युवा पञ्चेबाजाको महत्व जगाउदै यसको संरक्षणमा जुटेका हुन ।

मौलिक संस्कृति बोकेको बाजा हराउन थालेको अवस्थामा कला र सस्ंकृतिको संरक्षणको लागि जुटेको दिल बहादुर परियारले बताए । उनले भने ‘पञ्चेबाजा लोप हुने खतरा देखियो हामीले नसिके त झन पुरै नामनिशान हराउछ जस्तो लाग्यो । त्यसैले यो अभियानमा जुटेका हौं ।’

‘पहिले पहिले गाउँमा विवाह, चाडपर्व विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्योे । पछि विस्तारै लोप हुदै गएपछि पुरानो संस्कृति हराउदै गएको छ ।’

गाउँदेखि सहरसम्म विवाह देखि भोज भतेरमा विदेशी बाजा, डेक र संस्कृति भित्रिदा पुराना परम्परागत कला संस्कृति हराउदै गई रहेको उनको भनाई छ ।

परम्परादेखि गाउँघरमा हुने विभिन्न चाडपर्व, विवाह तथा अन्य कार्यक्रममा पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभाव रहेको देखिन्छ । बाजा बज्ने छाडेपछि युवाहरु मिलेर बाजा बजाउने कार्यमा लागेको युवा सन्देश परियारले बताए । पञ्चेबाजा संरक्षणका लागि घरेलु तथा साना उद्योग विकास समितिले १ लाख ३० हजार बराबरको नौमति बाजा र शारदा नगरपालिकाले बाजा सिकाउन कास्कीबाट प्रशिक्षक बोलाएर तालिम दिएको उनको भनाई छ ।

उनले भने ‘पहिले पहिले गाउँमा विवाह, चाडपर्व विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्योे । पछि विस्तारै लोप हुदै गएपछि पुरानो संस्कृति हराउदै गएको छ ।’

कला र संस्कृतिको संरक्षण गरेर मात्रै समृद्ध समाज हुने हुने विश्वासका साथ मौलिक बाजा बजाउन थालेको र यसबाट रकम पनि राम्रै संकलन भई रहेको विजय नेपालीले बताए ।

परियार समुदायका व्यक्तिले बजाउँदै आएको पञ्चेबाजा अन्य समुदायले पनि सिके पुराना संस्कृतिको सरक्षणमा मद्यत पुग्ने उनको भनाई छ । परियार समुदायका युवापुस्ताले मात्रै पञ्चेबाजाको संरक्षण गर्न सम्भव नभएकाले अन्य समुदायका युवा पुस्ताले पनि अवलम्बन गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button