तपाईँ सुन्दै हुनुहुन्छः

विकास र सामाजिक संघसंस्थामा राजनीति नगरौ : श्रेष्ठ

तनहुँ । तनहुँ कालिका मन्दिरको उद्घाटन गरिएको छ । तनहुँ कालिका शहिद शान्ति पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

मन्दिरको उद्घाटन प्रतिनिधि सभाका सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले गर्नुभयो । सो अवसरमा सांसद श्रेष्ठ भने तनहुँ कालिका मन्दिर पर्यटकीय केन्द्रको रुपमा विकास भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो ’विकास र सामाजिक संघसंस्थामा राजनीति नगरौ ।’

विकास देखेर नआत्तिन सांसद श्रेष्ठले विपक्षीलाई अनुरोध गर्नुभयो । मन्दिरमा पुर्वाधार निर्माण, सडक र खानेपानीको व्यवस्थापन गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राम बहादुर गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगाएतले मन्दिरको विगत र वर्तमान अवस्था बारे बताउनुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button