तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउन शुरु

भद्रपुर, झापा । झापामा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप कार्यक्रम आजदेखि शुरु भएको छ ।
जिल्लाको मेची प्रादेशिक अस्पताल, अनारमनी अस्पताल र दमक अस्पतालमा खोप लगाउन शुरु भएको हो । यो चरणमा फ्रन्टलाइनमा काम गर्ने नागरिकलाई खोप लगाइने बताइएको छ ।
पहिलो चरणमा मुख्य रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाइकर्मीहरूलाई खोप लाइएको थियो भने यस पटक जनप्रतिनिधि, सञ्चारकर्मीलगायत फ्रन्टलाइनमा काम गर्ने नागरिकलाई खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मेची प्रादेशिक अस्पतालमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो ।
नगरप्रमुख जीवन श्रेष्ठले उच्चस्तरीय प्रयोगशालामा परीक्षण भई सुरक्षित भएपछि मात्र खोप आएकोले यो खोप सुरक्षित रहेकोले खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।
फोकल पर्सन भट्टराईले खोप लगाउँदा कसैलाई मात्र सामान्य असर देखिने गरेको बताउँदै खोपमाथि कुनै पनि किसिमको भ्रम नराख्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button