तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा पहिलो चरणमा ९८ दशमलव ३७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाए 

सप्तरी  । सप्तरीमा पहिलो चरणमा ३ हजार ६९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जुन ९८ दशमलव ३७ प्रतिशतले खोप लगाएका हुन ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट २ हजार ५९८ र २ नम्बर प्रदेश प्रहरी अस्पताल रुपनीबाट १ हजार ९५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सप्तरीमा पहिलो खोप गजेन्द्रनारायण सिंह अस्पतालकी स्टाफ नर्स सुनिता यादवले लगाउनुभएको थियो भने पहिलो चरण अन्तर्गत खोप स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले लगाउनु भएको छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार दोस्रो चरणमा फागुन १ गतेदेखि विभिन्न ११ वटा कार्यालयका कर्मचारी र सञ्चारकर्मीलाई खोप लगाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button