तपाईँ सुन्दै हुनुहुन्छः

चाईनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गरेर स्वदेश फर्कियाे फुटबल टिम

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा चाईनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएका छन् ।

घरेलु टिम ताइपेविरुद्ध शानदार जित निकाल्दै विश्वकप छनोटमा ऐतिहासिक सफलता हात पारेको नेपाली टिम आज राति नेपाल आईपुगेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले स्वागत गरेका थिए ।

मंगलबार भएको खेलमा नेपालले ताइपेलाई २-० गोल अन्तरले पराजित गरेको थियो । ताइपे स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बन्दै दुई गोल गरेका थिए ।

यो जित विश्वकप छनोटको दोस्रो चरणमा नेपालको पहिलो जित समत हो ।

जितसँगै समूह ‘बी’ को नेपालले २ खेलबाट ३ अंक जोडेको छ । र, नेपाल समूहको तेस्रो स्थानमा रहेको छ ।

छनोटको पहिलो खेलमा भने नेपाल कुवेतसँग उसैको मैदानमा ७-० ले पराजित भएको थियो ।

अब नेपालले अक्टोबर १० मा अष्ट्रेलिया र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button