तपाईँ सुन्दै हुनुहुन्छः

डोजरले खोस्यो स्थानीयको रोजगारी

जाजरकोट । जाजरकोटका सात वटा स्थानीय तहमा डोजरको प्रयोग गरी सडक खन्ने कामको होडबाजी चली रहेको छ । सडक, कुलो, पुलको जग, घरको जग लगायतका काममा डोजरको प्रयोग बढ्दै गइरहेको छ । निर्माण कार्यमा डोजरको प्रयोग बढेसँगै यहाँ“का स्थानीयवासीको रोजगारी खोसिएको छ ।

घरछेउमा सडक बनाउने, कुलो खन्ने लगायतका क्षेत्रमा काम गर्ने मौका नपाएपछि कतिपय स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् ।

स्थानीय सरकारको गठन“गै गाउमै रोजगारी तथा सरकारी सेवा सुविधा सहजरुपमा पाउने आशा गरेका स्थानीय निराश बनेको नलगाड नगरपालिका ३ का कर्णबहादुर वलीले बताउनु भयो ।

बाटो खन्ने काममा प्रयोग भएका अधिकांश डोजर ९एक्स्काभेटर० मा जनप्रतिनिधिकै प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता देखिएको वलीले बताउनुभयो ।

कतिपय जनपतिनीधिले नातागोताका व्यक्तिका नाम डोजर ल्याएर सडक खन्ने गरेको स्थानीयको आरोप छ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ३ वर्षको अवधिमा जाजरकोटमा २ दर्जन डोजर भित्री सकेका छन् ।

डोजर गाउँ गाउँ पुगेपछि मजदुरका कुरै छाडौँ ठेकेदारका डोजरसमेत काम विहीन बन्न बन्नु परेको निर्माण व्यवसायी सङ्घ जाजरकोटका अध्यक्ष कृष्ण विक्रम शाहले बताउनु भयो ।

जनप्रतिनिधिले नियम कानुन मिचेर सडक यातायात लगायत पूर्वाधारमा सहभागिता देखाउँदा निर्माण ब्यवसायीहरुलाई मर्का परेको जाजरकोट निर्माण व्यवसायी संघका महासचिव रणबहादुर कार्कीले बताउनु भयो ।

उसोत स्थानीय तहले छुट्याउने अधिकांश बजेट सडक खन्नकै निम्ति विनियोजन भइरहेको छ ।
पुँजीगत तर्फको ५० प्रतिशत बढी रकम सडक निर्माणमै छुट्ट्याएको र त्यही बजेटमा जनप्रतिनिधिले आँखा लगाउँदा समस्या भएको व्यवसायीहरुको गुनासो छ।

सडक निर्माणमा जथाभाबी डोजरको प्रयोग गर्दा वन विनाश, बाढी पहिरोको जोखिमसँगै वेरोजगारीको समस्या आएको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button