तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ समुह विजेता बन्दै सेमिफाइनल प्रवेश

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै एपीएफ समुह विजेता बनेको हो ।

१ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेट गुमाएर मात्र ६१ रन बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २२ रन बनायो ।

मंगलबारबाट समुह बी का खेलहरु सुरु हुनेछ । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । यस्तै समुह बी मा सुदुरपस्चिम, वागमती, गण्डकी र प्रदेश १ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button