तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसा न्यूनीकरण गर्ने प्रतिबद्धता

राजविराज  ।  तिलाठी कोइलाडी गाउँपालिका पदाधिकारीहरूले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम बोल्दै गाउँपालिका पदाधिकारीहरूले हिंसा न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा वक्ताहरूले लैङ्गिक हिंसाको अवस्था दिनानुदिन भयावह बन्दै गएकोले त्यसको न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु अति आवश्यक भएको बताउनुभयो  ।

पछिल्ला दिनहरूमा लैङ्गिक हिंसाका घटनाहरू अत्यधिक सङ्ख्यामा बढ्दै जानु चिन्ताको विषय भएको भन्दै वक्ताहरूले त्यस्ता घटनाहरूले परिवार र समाजलाई नै नोक्सानी हुने कथन थियो ।

हिंसाका घटनाहरूलाई समाजमै मिलापत्र गराउने गर्नाले त्यस्ता अपराध गर्नेहरूको मनोबल बढ्दै गएको हुँदा समाजमा लैङ्गिक हिंसाका घटनाहरू बढ्दै गएको वक्ताहरूले बताउनुभयो  ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा अध्यक्षहरू दिनेश्वर मिश्र, खगेन्द्र मण्डल, मनोज चौधरी, गोविन यादव, लक्ष्मीप्रसाद मण्डल, गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा तथा वडा सचिवहरू मिथिलेश झा, राजेश सिंह, जगदिश यादव, सन्तलाल मण्डल, मुक्तिलाल यादव सहितकाले मन्तव्य व्यक्त गर्नुभयो ।

गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले स्वागत गर्नुभएको कार्यक्रम जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button