तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले सिंगापुर र जिम्वाबेसँग टी-ट्वान्टी सिरिज खेल्ने

काठमाडौं । नेपालले सिंगापुरमा तीन राष्ट्रबीच आयोजना हुने त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट नेपाल, आयोजक सिंगापुर र जिम्वाबेबीच खेल्ने भएको छ ।

सिंगापुर क्रिकेटको अनुसार सिरिज सेप्टेम्बर २७ गतेबाट अक्टोबर ३ सम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो ।  घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button