तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेस बैठक सम्पन्न, १४ विषयमा निर्णय

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक विभिन्न १४ कार्यसूचीमा सहमतिका साथ निर्णय गर्दै आज सम्पन्न भएको छ ।

बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक गरी १६ दिन बसेको थियो ।

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वा्चित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले पार्टीको नियमावली, पार्टी विधानअनुसार अन्तरिम संरचना गठन प्रक्रिया अघि बढाउने, क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको प्रतिवेदन प्रस्तुत, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत, अनुशासन समितिको कार्य प्रगति प्रतिवेदन प्रस्तुत, काङ्ग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा यसअघि नै निर्णय गरिसकेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, किशोरसिंह राठौर, बद्री पाण्डे, ईश्वरी न्यौपाने, देवेन्द्रराज कँडेल, लक्ष्मी परियार र आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button