तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा बस दुर्घटना हुदा १५ जना घाइते

तुलसीपुर/ दाङमा यात्रु बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तु जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गढवा–१, जुरौनीमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा ४ जना यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा ४५ यात्रु रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button