तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस केन्दिय कार्यसमिती बैठक

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमिती बैठक आज पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरका बस्यो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसको बैठकमा केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, डा. महेश अर्चाय,प्रदिप गिरी,डा. मिनेन्द्र रिजाल, रमेश रिजाल,मानबहादुर बिश्वकर्मा, अर्जुनप्रसाद जोशी,भिष्मराज आङदेम्बे, गगन थापा, चन्द्र भण्डारी, श्यामकुमार घिमीरेले आफ्नो धारणा राख्नु भएको थियो ।
विभिन्न १४ वटा एजेण्डा राखेर गत असार २१ गतेदेखि कांग्रेस केन्द्रिय कार्यसमिति वैठक सुरु भएको थियो ।

नेपाली काँग्रेस केन्द्रिय कार्यसमिती बैठक यही भदौ १७ गते दिउसो १ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button