तपाईँ सुन्दै हुनुहुन्छः

‘साग’का लागि ३५ क्रिकेट खेलाडीको नाम सार्वजनिक, आइतबारदेखि बन्द प्रशिक्षण

काठमाडौं  । डिसेम्बरमा काठमाडौंमा हुने दक्षिण एसियाली खेल ‘साग’का लागि ३५ खेलाडीको नाम सार्वजनिक गरिएको छ । पारस खड्काको कप्तानीमा आज खेलाडीको नाम सार्वजनिक गरिएको हो । टोलीमा थुप्रै युवा खेलाडीले मौका पाएका छन् ।

रित गौतम, कुशल मल्ल, सागर ढकाल र इशान पाण्डे पहिलोपटक बन्द प्रशिक्षणमा परेका छन् । नाम समावेश गरिएका खेलाडीहरु आइतबारदेखि एक देखि बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् ।

३५ जना खेलाडीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्रकुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजबंशी, विक्रम सोब, इशान पाण्डे, करण केसी रहेका छन् ।

यस्तै, मोहम्मद आशिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, शुसन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजबंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button