तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउनुपर्छ : सभापति देउवा 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ ।

पार्टीको कानून विभागले पार्टी मुख्यालय सानेपामा आज आयोजना गरेको संविधानको एक दशक: कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा सभापति देउवाले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको बरु बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार गर्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लाग आवश्यक भएको बताउनुभयो ।

सभापति देउवाले सबै समुदायलाई राज्यको शासन प्रणालीमा अपनत्व महशुस गराउन पनि समावेशी सिद्धान्त मुलुकका लागि आवश्यक भएको बताउनुभयो । 

सभापति देउवाले काँग्रेस एमालेले प्रजातन्त्रका लागि लडेको हुनाले कुनै पनि हालतमा प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन नसक्ने दोहोर्‍याउँदै प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमले संविधानमा संशोधन हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button