तपाईँ सुन्दै हुनुहुन्छः

सबै धर्मको मूल निचोड नै मानव कल्याण हो : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मुस्लिम समुदायका धर्मावलम्बीहरूले मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा आज जनकपुरधाममा शोभा यात्रा निकालेका छन् । जनकपुरधामको तिरहुतिया गाछीवाट हजारौँको सहभागितामा मुस्लिमहरूले शोभा जुलुस निकालेका हुन् ।

शोभा यात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्व शान्ति तथा मानव कल्याण नै सबै धर्मको मूल निचोड भएको उल्लेख गर्दै मोहम्मद पैगम्बरले प्रतिपादन गर्नु भएको सिद्धान्त अहिले पनि अनुकरणीय भएको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले मुस्लिम समुदायका बालबालिकाहरूलाई विद्यालय पठाउनका लागि आग्रह गर्दै यस समुदायको शिक्षामा सुधार आवश्यक भएको बताउनुभयो । सवारी साधनमा अनियन्त्रित रुपमा चढेर नारा जुलुस प्रदर्शन नगर्न मुख्यमन्त्री सिंहले आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेश सभाका एमालेका उपनेता दिपेन्द्र ठाकुर सहितका वक्ताहरूले मोहम्मद पैगम्बर दिवसको महत्वको विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button