तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले प्रस्तुत गर्नुभएको नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यस्तै राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन समितिका सभापति जयन्तीदेवी राईले सभा समक्ष पेश गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १८ गते मङ्गलवार दिनको १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button