तपाईँ सुन्दै हुनुहुन्छः

टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ४, लच्कामा गएराति भएको यस दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१५ निवासी ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–११ निवासी विवश सापकोटाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । टाटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिइसकेको राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button