तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

सुर्खेत । पहिरोले दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक सञ्चालनमा आएको छ ।

बुधबार बेलुकीको अविरल वर्षापछि कालिकोटको गंगनेखोला एसमोड र हुल्म माथिबाट खसेको पहिरो सडक डिभिजन कार्यालय जुम्लाले दुई दिन लगाएर पन्छाएपछि सडक आज दिउँसो देखि खुलेको हो ।

पहिरोले शुभकालिका–१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्म लगायतका ठाउँमा सडक अवरुद्ध भएको थियो । गगने खोला लगायतको पहिरो हटाएर गाडीहरूको आवतजावत सुरु गरिएको प्रहरीले जनाएको छ । थप सानातिना पहिरो पन्छाउनका लागि डोजर, एक्स्काभेटरसहित सडक डिभिजन कार्यालय जुम्लाको टोलीले काम जारी राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button