तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको सचिवालय बैठकद्वारा वार्षिक कार्ययोजना पारित

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्ताव गर्नुभएको वार्षिक कार्ययोजना पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आन बसेको बैठकले बलियो राष्ट्रिय शक्ति निर्माणको एमालेको वार्षिक कार्य योजना पारित गरेको हो ।

नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिसन २०८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको र त्यसै कार्ययोजना अनुसार अब पार्टीका सबै कमिटीहरू परिचालन हुने बैठकपछि नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

एमालेको वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषयका साथै पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना तय गरिएको नेकपा एमालेले जनाएको छ ।

यसअघि भदौ १८ र १९ गते बसेको नेकपा एमालेको पोलिटब्युरो बैठकले पनि राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button