तपाईँ सुन्दै हुनुहुन्छः

‘सुर्खेतको विकास निमार्णका क्रममा देखिएका समस्या छिट्टै समाधान हुन्छ’

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत आसपासका क्षेत्रको विकास निर्माण क्रममा उत्पन्न समस्याको समाधानप्रति आफु गम्भीर रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा सुर्खेत उद्योग वाणिज्य सङ्घको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले विकास निर्माणका क्रममा देखिएका समस्याहरूको समाधान अब छिट्टै गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले सङ्घको मागपत्र ग्रहण गर्दै यसअघि नै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समेत आफूलाई सुर्खेत आसपासका क्षेत्रको विकास निर्माणका क्रममा देखापरेका समस्याबारे जानकारी दिइसकेकाले सम्बन्धित मन्त्रालयसँग जोडिएका विषय छिट्टै हल गर्न निर्देशन दिने बताउनुभयो ।

सङ्घको माग पत्रमा सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको रुख कटानको समस्या र सुकुम्बासीको दीर्घकालीन समस्या समाधान लगायतका रहेका छन् ।

प्रधानमन्त्रीलाई माग पत्र बुझाउन सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र नेपाल युवा उद्यमी मञ्चका उपाध्यक्ष कल्पना बिष्ट लगायतको टोली सहभागी थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button