तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौँ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकले भावी प्रधान न्यायाधीश, निर्वाचन आयुक्तलगायत संवैधानिक पदहरूमा सिफारिस गर्ने एजेण्डा रहेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै संवैधानिक परिषद्का सदस्यहरु प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख इन्दिरा रानाको उपस्थिति रहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button