तपाईँ सुन्दै हुनुहुन्छः

मुडियारी समुदायको भाषिक गीत रेडियो नेपाल संञ्चारग्राम विराटनगरबाट प्रसारण आरम्भ

विराटनगर । नेपालको तराई क्षेत्रको मोरङ र सुनसरी लगायत  जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत  आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व र चाडपर्वहरूका गीतहरू लगायत ९ वटा भाषिक गीतहरू नेपालमै पहिलो पल्ट  रेकर्डिङ सम्पन्न गरिएको गीतको प्रसारण आरम्भ गरिएको छ ।  रेकर्डिङ गीतहरू मध्येबाट हिजो  एक कार्यक्रमको आयोजना गरी मुडियारी भाषाको गीत रेडियो नेपाल बाट रेकर्डिङ भई रेडियो नेपाल तारीणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामबाट प्रसारण आरम्भ  गरिएको छ । सो अवसरमा गीत प्रसारण आरम्भ  कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि  नेपाल मुडियारी भाषा  संस्कृति पहिचान उत्थान केन्द्र संस्थाका भवन निर्माण गर्न  जग्गा दाता सकली देवी मुडियारी, विशिष्ट अतिथि  रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति सञ्चार विराटनगर  प्रमुख बलराम चौधरी ले सामूहिक रूपमा कलशमा दिप प्रज्वलन गरी तथा ब्यानर पढेर गीत प्रसारण भएको आरम्भ गर्नुभएको थियो  । रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति सञ्चार विराटनगरबाट २ वटा गीत प्रसारण गरिएको हो ।

संञ्चारग्राम विराटनगरको स्टुडियोमा मुडियारी भाषाका गायक तथा कलाकारहरू बाजागाजा सहित आएर आफ्नो भाषाको गीत रेकर्ड गराएका हुन ।  मुडियारी जातिको आफ्नै भाषा,संस्कृति ,संस्कार,रीतिरिवाज, चाडपर्व,भेषभूषा, चालचलन, बाजागाजा, लगायत आफ्नै पहिचान रहेको पाइन्छ । हाल सम्म  मुडियारी भाषाका अनेकन गीतहरू रहेपनि गाउँ घर, चाडपर्व, उत्सव,जात्रा बिहेवारिको समय तथा  सिजन अनुसारका गीतहरू  रहेपनि गाउँघरमै सीमित थिए ।

मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय समिति र नेपाल नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहर वडा न– ७ डंगटोली मोरङ समितिले जातीय भाषा संस्कृति संरक्षण र जगेर्नाका लागि  रेडियो लगायत जितिया पर्व हरूमा सुन्नका र गीतलाई लोप हुन् नदिन जितिया पर्वको गीत संञ्चारग्रामको  स्टुडियोमा  रेकर्ड गरिएको  संस्थाले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button