तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका नौ हजार विद्यार्थीको आँखा परीक्षण

गोरखा । गोरखामा आर्थिक वर्ष ०८०/०८१ मा नौ हजार भन्दा बढी विद्यार्थीको आँखा जाँच गरिएको छ ।

गोरखा लायन्स आँखा सेवा केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न विद्यालयमा भएको आँखा जाँच शिविरबाट ९ हजार ३४ जना विद्यार्थीको आँखा जाँच गरिएको हो ।

आँखा जाँच गरिएकामध्ये पाँच सय ५ जनालाई चस्मा वितरण गरिएको केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । एक वर्षको अवधिमा जिल्ला भरका ५४ वटा विद्यालयमा आँखा जाँच शिविर सञ्चालन भएको थियो । विभिन्न पालिकासँगको समन्वयमा पनि आँखा जाँच शिविर भएका थिए ।

शहिदलखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा बाह्य तवरमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । सो क्रममा शहिदलखन गाउँपालिकामा ५२ जनाले आँखा जाँच गराएका थिए भने भीमसेन थापा गाउँपालिकामा ७८ जनाले आँखा जाँच गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button