तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : भोजपुरमा रामप्रसाद राई गाउँपालिका उत्कृष्ट

भोजपुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा भोजपुरको रामप्रसाद राई गाउँपालिका उत्कृष्ट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजामा जिल्लाका नौ वटा स्थानीय तहमध्ये रामप्रसाद राई गाउँपालिका स्थानीय सरकार मध्यको उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिका ७९ अङ्क प्राप्त गरी दोस्रो बनेको छ । पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकाले ७१.५० अङ्क ल्याउँदै तेस्रो बन्न सफल भयो ।

पालिकामध्ये ७०.५० अङ्क ल्याएर पूर्वी अरुण गाउँपालिका चौथो, ७०.२५ अङ्कसहित सुदूर उत्तरको साल्पासिलिछो गाउँपालिका पाँचौँ बन्यो । छैटौँमा आमचोक गाउँपालिकाले ६७.७५ अङ्क प्राप्त गर्दा सातौँ हुने स्थानीय सरकारमा ६७.५० अङ्कका साथ हतुवागढी गाउँपालिका परेको छ । जिल्लाको दुई भोजपुर नगरपालिका र षडानन्द नगरपालिकालाई अङ्कका आधारमा पालिकाहरूले जित्न सफल भएका छन् । षडानन्द नगरपालिकाको ६६.७५ अङ्क प्राप्त गर्दा सबैभन्दा कम सदरमुकाम रहेको भोजपुर नगरपालिकाले सबैभन्दा कम ५२.२५ अङ्क मात्र पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button