तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गी सङ्क्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

पर्वत । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै पर्वत  जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. हेमन्त बास्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ ।  अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभराउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button