तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदिमा जलस्तर वृद्धि: शारदा ब्यारेजमा सवारीसाधन बन्द

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लाका साथै कञ्चनपुरमा हिजो देखि परेको बर्षाका कारण महाकाली नदिमा जलस्तर बढेपछि शारदा ब्यारेजमा सवारीसाधन बन्द गरिएको छ ।

महाकाली नदिमा २ लाख ५० हजार क्युसेक  भन्दा बढी पानीको स्तर बढेपछि शारदा पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी वर्षाका कारण कञ्चनपुरमा धानबालीमा समेत क्षति पुगेको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button