तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी श्रीमान् -श्रीमती घाइते

डोटी । अविरल वर्षाका कारण डोटीमा एक घरमा माथिबाट पहिरो खस्दा दुई जना घाइते भएका छन् । 

पहिरोमा परेर घाइते हुनेमा जिल्लाको बडिकेदार गाउँपालिका वडा न-४ टिमुट्टे बस्ने करिब ४६ वर्षीय  तुलाराम जेठारा र उहाँकी पत्नी ४० वर्षीय भागरथी जेठारा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आज (शुक्रबार) बिहान ६ बजेको समयमा तुलारामको घरमाथिबाट खसेको पहिरोमा परि दुवै जना श्रीमान् श्रीमती घरभित्र च्यापिएर घाइते भएका हुन् । 

घाइते भागरथिको स्वास्थ्य अवस्था गम्भीर रहेको र तुलारामको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी)  भिमलाल भट्टराईले बताउनुभयो । भागरथिलाई स्वास्थ्य उपचारको लागि जिल्ला बाहिर पठाउने पहल भइरहेको छ । 

प्रहरीकाअनुसार घाइते उनीहरूलाई स्थानीय मानिसहरूले उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button