तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती राजमार्ग र दाङ– सुर्खेत सडक अवरुद्ध 

सल्यान । गएराती देखि परेको वर्षाले राप्ती राजमार्ग र दाङ– सुर्खेत सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक माथिबाट ठूलो पहिरो गएको र जेसिबिको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । 

यस्तै दाङ– सुर्खेत सडकखण्ड अन्तरगत सल्यानको कालीमाटी गाउँपालिका ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको खत्रीको भनाई छ । निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबि लिन नै समस्या रहेको उहाँको भनाई छ । खहरे खोला घटेमात्र जेसिबि जान सक्ने खत्रीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button