तपाईँ सुन्दै हुनुहुन्छः

स्वमूल्याङ्कनमा डडेल्धुरामा भागेश्वर गाउँपालिका उत्कृष्ट

डडेल्धुरा । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा भागेश्वर गाउँपालिका उत्कृष्ट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चात् प्रकाशित नतिजामा भागेश्वरले विभिन्न सूचक मापन गरी ७७ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को स्वमूल्याङ्कनमा अमरगढी नगरपालिकाले ७१ दशमलव ५ अङ्क पाएको छ । यस्तै आलिताल गाउँपालिकाले ७०.७५, परशुराम नगरपालिकाले ६७.५०, गन्यापधुरा गाउँपालिकाले ६५.२५, अजयमेरु गाउँपालिकाले ६२.२५ र नवदुर्गा गाउँपालिकाले ५९.७५ अङ्क प्राप्त गरेको छ ।

मन्त्रालयले प्रकाशित गरेको नतिजामा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका तथा नगरपालिकाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भई अन्तिम नजिता सार्वजनिक गरिएको जनाइएको छ ।

स्वमूल्याङ्कन कार्यले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्य स्वमूल्याङ्कनको रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button