तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा १ सय ५७ जनामा स्क्रब टाइफसको संक्रमण

दाङ। दाङमा स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। जिल्लामा २०८१ सालको पछिल्लो पाँच महिनामा मात्रै १ सय ५७ जना बिरामीहरूमा स्क्रब टाइफसको संक्रमण भेटिएको छ।

स्क्रब टाइफसको लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराउन आएका अधिकांश बिरामीहरूमा परीक्षण गर्दा सो रोगको संक्रमित बिरामीहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, वैशाखदेखि भदौ २७ गतेसम्म १,३८४ जनाले स्वास्थ्य परीक्षण गराउँदा १ सय ५७ जनामा संक्रमण पोजेटिभ देखिएको छ। स्क्रब टाइफसका पोजेटिभ बिरामीहरूमा ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिने गरेका छन्।

चिकित्सकहरुका अनुसार यो रोगको समयमै उपचार गरिए निको हुन्छ, तर ढिलो भयो भने ज्यान गुमाउने जोखिम समेत रहन्छ। जिल्लामा २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ३, हजार ९ सय ४२ जनामा परीक्षण गर्दा ७ सय ३६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button