तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

आज दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजे मात्र सुरु भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button