तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ ।

नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा.रीता गुरुङ, डा.शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा.गीता सायमी र ड.कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ ।

वुमेन इन मेडिसिन इन नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ हुनुहुन्छ ।

उहाँहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button