तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही प्रशासन देशभरमै सर्वोत्कृष्ट

रुपन्देही । रुपन्देही जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देशकै उत्कृष्ट बनेको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button