तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा आयोजना हुने १२ वर्षे शे मेलाको तयारी पुरा

डोल्पा । ६७ औँ १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमा सबै तयारी पुरा भएको र अब सरकारले मेला सफल पार्नको लागि सम्पूर्ण कुरामा साथ दिनुपर्ने शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिनुभयो । 

भदौ १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् ।  मेलाको अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्यमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताउनु भयो ।

पत्रकार सम्मेलनमा  सङ्घीय सांसद उप सभामुख इन्दिरा राना मगरले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न एकपटक डोल्पा पुग्नुपर्ने बताउनु भयो। रानाले भनिन म पटक पटक डोल्पा पुगेको छु तर जति पटक डोल्पा पुग्दा पनि मन कहिले थाक्दैन डोल्पाको पर्यटन । यो सुनौलो अवसर हो यही मौकामा हरेक नेपाली शे मेलामा पुग्न जरुरी छ सबैले डोल्पा पुग्ने आँट गरे जीवनको अमुल्य अनुभूति महसुस गर्न पाउनुहुनेछ उपसभामुख रानाले उत्साह जगाउँदै । राना आफैपनि शे मेलामा हिँडेरै पुग्ने र अरू सबैलाई डोल्पा सदरमुकामबाटै भएपनि हिँडेर फोक्सुण्डो ताल हुँदै शे मेलामा पुग्न आग्रह समेत गर्नुभयो। 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसाबले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसाबले मात्रै नभएर साँस्कृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले, यस्ता मेलाको प्रचार प्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहेपनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै । उहाँले, साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो ।

अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएको बताउँदै भने, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभूति हासिल गर्न सक्छन् ।

खस तथा मस्टो संस्कृति, तराली संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभूति लिन सकिने आयोजकले बताएका छन् । ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिब १५ हजारभन्दा बढी मानिसहरूको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

६७ औँ १२ वर्षे शेल रीवो डुग्डू (शे) मेला २०८ १ मुल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सह आयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागिएको हो ।प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउनु भयो ।

यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने बताउँदै। उहाँले यो केवल मेला मात्रै नभई विश्व सामु हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मूल्य मान्याताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्दरतालाई भरपुर प्रयोगमा ल्याई डोल्पाको भविष्यसँग जोडिएको एउटा महत्वपूर्ण क्षण पनि हो। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहकार्यको खाँचो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button