तपाईँ सुन्दै हुनुहुन्छः

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उहाँले जनताको पहिलो चासोको विषय शान्ति सुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पार्नुभयो ।
धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भन्नुभयो ।
हिरासत भवनको उद्घाटनका अवसरमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख इन्द्र लामा, सशस्त्र प्रहरी बल नेपाल ४ नं गण जिल्ला हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button