तपाईँ सुन्दै हुनुहुन्छः

रामकला खड्काको अध्यक्षतामा क्रियाशील पत्रकार महिलाको नयाँ समिति चयन

काठमाडौँ । क्रियाशील पत्रकार महिला (WWJ) को अध्यक्षमा रामकला खड्का चयन हुनुभएको छ ।
काठमाडौँमा आज (शनिबार) सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन हुनुभएको छ ।
यस्तै विशेष सदस्यमा संगीता लामा तथा सदस्यहरूमा सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का, लक्ष्मी बस्नेत र अमिका राजथला चयन हुनुभएको छ ।
एक जना सदस्य पछि मनोनीत गर्ने जनाइएको छ । साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी हुनुहुन्थ्यो ।
समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा विमला तुम्खेवा लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button